दफा १२३
असल नियतले गरेको कामको बचाउ
: (१) यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमा मन्त्रालय वा विभाग वा सहकारी सङ्घ संस्थाहरूको पदाधिकारी वा कर्मचारी व्यक्तिगत वा सामूहिक रुपले जवाफदेही हुने छैनन् ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रक्रिया पुरा नगरी र बदनियतसाथ गरिएको कार्यको कुनै बचाउ हुने छैन ।